दिनहुँ हजारौं चालकमाथि कारबाही, हिजो ३ हजारभन्दा बढी

दिनहुँ हजारौं चालकमाथि कारबाही, हिजो ३ हजारभन्दा बढी

हिजो एकैदिन ट्राफिक नियम उलंघन गरेका तीन हजार ७० जना सवारी चालक कारबाहीमा परेका छन् । उनीहरुलाई राजधानीका विभिन्न स्थानमा कारबाही गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने एक सय ३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने एक सय ३७ र नम्बर प्लेट दुरुस्त नराख्ने ५० जना चालक कारबाहीमा परेका हुन् ।

त्यस्तै ट्राफिक नियम पालना नगरेका दुई हजार छ सय दुई जनालाई कारबाही गरिएको पनि ट्राफिक कार्यालयले जनाएको छ ।

टिप्पणीहरू