अधवैंशे पुरुषद्वारा सुस्तमनस्थितिकी बालिका बलात्कृत

अधवैंशे पुरुषद्वारा सुस्तमनस्थितिकी बालिका बलात्कृत

भक्तपुरमा एक नाबालिका बलात्कृत भएकी छन् । १५ वर्षीया बालिका हिजो दिउँसो अधवैंशे पुरुषबाट बलात्कृत भएकी हुन् ।

जबरजस्ती करणी गरेको आरोपमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ घर भइ हाल मध्यपुर थिमी नगरपालिका २, मगरगाउँ बस्ने ४० वर्षीय राजु नेपाली पक्राउ परेका छन् ।

उनलाई प्रहरी वृत्त थिमीबाट खटिएको टोलीले नियन्त्रनमा लिएर जबरजस्ती करणी कसुरमा थप अनुसन्धान थालिएको बताइएको छ ।

टिप्पणीहरू