पर्यटक बोक्ने बसको ठक्करबाट दिलमायाको मृत्यु

पर्यटक बोक्ने बसको ठक्करबाट दिलमायाको मृत्यु

भक्तपुरमा आज बिहान बसको ठक्करबाट वृद्धको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८, सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा. १ प. १५५१ नम्बरको पर्यटक बोक्ने बसले ठक्कर दिँदा भक्तपुर नगरपालिका–१, दुधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी दिलमायाको स्थानीय इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले ठक्कर दिएको सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ । चालक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय विनोद कार्की हुन् ।

टिप्पणीहरू