गठबन्धनको छलफलबाट बाहिरियो जनमोर्चा

गठबन्धनको छलफलबाट बाहिरियो जनमोर्चा

हिजो बिहान प्रधानमन्त्री निवास,बालुवाटारमा सत्तारुढ दलहरुको बैठक झण्डै पाँच घण्टा चल्यो । मुख्यगरी राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थितिवारे छलफल र निचोडको निम्ति बसेको बैठकले संयुक्त विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको पालना गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिएको छ । तर, गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा भने उक्त निचोडमा असहमति जनाएर बाहिरिएको थियो ।

त्यसपछि बालुवाटारमा पटक पटक द्विपक्षीय र बहुपक्षीय छलफल भएको बताइन्छ । जसमा सबैभन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एवम् सम्मानित नेता झलनाथ खनालबीच पौने २ बजेदेखि साढे २ बजेसम्म छुट्टै भेटवार्ता भएको हो ।

बालुवाटारमै प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पुन : साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म भेटवार्ता भएको हो । उक्त भेटमा प्रधानमन्त्री देउवा र नेपाल मात्रै सहभागी हुनुभएको बताइन्छ ।

टिप्पणीहरू