खोल्सीमा बोलाएर करणी गरिएकी महिलाको हत्या,छक्क लाग्ने बयान

खोल्सीमा बोलाएर करणी गरिएकी महिलाको हत्या,छक्क लाग्ने बयान

जिल्ला प्रहरी कार्यालय लमजुङमा साबिती बयान दिएका सुन्दरबजार–१, कुन्छा लमजुङको निर्मम हत्या प्रकरणका आरोपी राम सुनारले जिल्ला अदालतका शिव श्रीमान सामु गरेको बयान सुन्दै आततायी खालको थियो । आङै सिरिङ्ग हुने बयानमा सुनारले आफूले जबरजस्ती करणी भने नगरेको बताए ।

जिल्ला न्यायाधिवक्ता जीवनिधी पौडेलले जबरजस्ती करणी, कर्तव्य ज्यान र डाँका मुद्दामा अदालतमा पेश गरेका सुनारले बयानको क्रममा सहमतिमा यौन सम्बन्ध कायम राखेकोे बताएका थिए । यौन सम्पर्क हुँदैमा यस्तो निर्मम तवरले हत्या गर्नुपर्ने कारण किन ? श्रीमान खनालको प्रश्नको जवाफमा सुनारले छलकपट गर्नसक्ने कुरै थिएन ।

श्रीमती माइत गएको मौका छोपेर बिग्रेको सम्बन्ध सुधार्ने क्रममा यौन सम्पर्क गरिसकेपछि लीला अछामीले रामलाई विवाह गर्न दबाब दिइन् । तर सुनारले लीलालाई बेला बेलामा यौन प्यास मेटाउने साधनको रूपमा मात्रै प्रयोग गर्न चाहन्थे । त्यो दिन अर्थात् गत साउन २४ गते मंगलबार साढे ४ बजेतिर इमो म्यासेजबाट बोलाएर सोही वडाको खड्केपानी जंगलको खोल्सीमा पुर्याई करणी गरिरहँदा विवाहको प्रसङ्ग उठेको बताइन्छ ।

त्यही प्रसंगले झस्केका राम र लीलाबीच मनमुटाव चल्यो । रामका अनुसार लीला हातपातमा उत्रेपछि आवेगमा आएका रामले नजिकैको ढुङ्गो उचालेर तर्साउन खोजेपनि ढुङ्गा चिप्लिएर उनलाई लाग्न पुगेको बताएका छन् । तर तिनै रामले प्रहरीसामु भने घाँटी थिचेपछि ढुङ्गाको छपनीले टाउकोमा प्रहार गरेर मारेको बयान दिएका हुन् ।

सक्कल देख्दा उनले यति जघन्य अपराध कसरी गर्यो भन्नेहरु पनि छन् । पारिवारिक पृष्ठभूमिमा पनि उनी गाउँमा निकै सज्जन मानिएका थिए । हिजोका दिनसम्म गतिविधिमा कतै खोट लगाउने ठाउँ नभएको व्यक्तिले अवला लीलाको इहलीला क्रुर ढंगले सकाएपछि भदौ २६ गते श्रीमान खनालको थुनछेक आदेशबमोजिम पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् ।

घलेगाउँ करणी काण्डका अमन घलेलाई भने १० वर्षको कैद फैसला गरिएको छ । मर्स्याङ्दी गाउँपालिका–९, लामागाउँकी १६ वर्षीया बालिकालाई करणी गरेर बच्चा जन्माएपछि भाग्न खोज्ने क्व्होलासोथर गाउँपालिका–२ घले गाउँका अमन घलेलाई १० वर्ष कैद र पीडित बालिकालाई क्षतिपूर्ति भराउन १ लाख जरिवाना गरिएको जिल्ला अदालतले जानकारी गराएको छ ।

– अञ्जनकुमार

टिप्पणीहरू