टुकुचाको प्रमाण झिकाउन अदालतको आदेश

टुकुचाको प्रमाण झिकाउन अदालतको आदेश

उच्च अदालत पाटनले राजधानीको टुकुचा छेउछाउ बनेका भौतिक संरचना तत्काल नभत्काउन आदेश दिएको छ । आज अल्पकालीन अन्तरिम आदेश दिँदै अदालतले अर्को आदेश नहुँदासम्म संरचना नभत्काउन भनेको छ ।

न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोलाविक्रम थापासहित तीन जनाको रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोलो अतिक्रमण गरिएको भन्दै त्यसको बहाव क्षेत्र खोज्ने अभियानलाई तीव्रता दिइरहँदा सोको विरोधमा गत साउन ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो ।

टिप्पणीहरू