मान्छे मारेर भागेका यादव दुई दशकपछि पक्राउ

मान्छे मारेर भागेका यादव दुई दशकपछि पक्राउ

रुपन्देहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि समातिएका छन् । गैडहवा गाउँपालिका–५ सिंहवाका रामपति अहिर यादव हत्या कसूरमा पक्राउ परेका हुन् ।

उनले २०५८ साउन २१ गतेको रातमा साविकको विष्णुपुरा गाविस–७ मा पसल गरी बस्ने खड्कबहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको भन्दै जिल्ला अदालतमा मुद्दा परेको थियो । त्यसमा जिल्ला अदालले २०७३ वैशाख ३० गते यादवलाई जन्मकैदको फैसला सुनाएको थियो ।

हत्यालगत्तै फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय, सालझण्डीको टोलीले हिजो नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

यादवलाई फैसला कार्यान्वयनको निम्ति रुपन्देही अदालतमा पेश गरिएकोमा आज कैद भुक्तानको निम्ति जिल्ला कारागार, कार्यालय रुपन्देहीमा पठाइएको छ ।

टिप्पणीहरू