राष्ट्रपतिको कदममा पत्रकार महासंघले पनि मुख खोल्यो

राष्ट्रपतिको कदममा पत्रकार महासंघले पनि मुख खोल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेपाल पत्रकार महासंघले पनि मुख खोलेको छ । आज महासंघका महासचिव रोसन पुरीले संविधानको व्यवस्था सबैले अक्षरशः पालना गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले आज प्रकाशित विज्ञप्तिमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् । महासचिव पुरीले संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासंघ सँधै क्रियाशील रहेको पनि उल्लेख गरेका छन् ।‘पछिल्लो घटनाक्रमलाई संंवैधानिक विधिबाट निकास दिइ कुनै प्रकारको द्वन्द्व उत्पन्न हुन नदिनेतर्फ जिम्मेवार बन्न महासंघ सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू