कर उठाउन अल्टिमेटमसहित मेयर बालेनको ताकेता

कर उठाउन अल्टिमेटमसहित मेयर बालेनको ताकेता

काठमाडौं महानगरपालिकाले १० दिनभित्र घरजग्गा कर र सम्पत्ति कर बुझाउन विभिन्न संघ संस्थालाई कडा ताकेता गरेको छ । महानगरले आज प्रकाशित सूचनामा १० दिनभित्र घरजग्गा कर र सम्पत्ति कर बुझाउन भनेको छ ।

‘१० दिनभित्र सम्बन्धित संघ संस्थाले आफ्नो वडा कार्यालयमा गइ घरजग्गा कर, सम्पत्ति कर र १० प्रतिशत घरबहाल कर तिर्न अनुरोध छ । अन्यथा बाँकी कर रकम सरकारी बाँकी सरह असूलउपर गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

तोकिएको समयमा कर नबुझाउनेलाई राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरिने पनि जानकारी गराइएको छ ।

टिप्पणीहरू