पूर्व र पश्चिमका एमाले नेता खुमलटार पुगेर माओवादीमा छिरे

पूर्व र पश्चिमका एमाले नेता खुमलटार पुगेर माओवादीमा छिरे

चुनावको मिति नजिकिएसँगै दल बदल्ने क्रमले तीब्रता पाइरहेका बेला आज नेकपा एमालेको एउटा समूह माओवादी केन्द्रमा मिसिएको छ । सुदूरपश्चिम र १ नम्बर प्रदेशका एमाले नेता–कार्यकर्ता आज दिउँसो अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड निवास खुमलटार पुगेर माओवादीमा प्रवेश गरेका हुन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटीसहित दर्जन नेता–कार्यकर्ता माओवादी प्रवेश गरेको बताइएको छ । त्यसैगरी सोही समयमा एमाले मोरङका नेता–कार्यकर्ताले समेत पुरानो पार्टी छाडेर माओवादी रोजेको घोषणा गरेका छन् ।नवप्रवेशी सबैलाई अध्यक्ष दाहालले खादा लगाएर आफ्नो पार्टीमा स्वागत गर्नुभएको हो ।

टिप्पणीहरू