गाँजाको भारी छाडेर सीमानाकामा तस्करको भागाभाग

गाँजाको भारी छाडेर सीमानाकामा तस्करको भागाभाग

नेपालबाट भारततर्फ मोटरसाइकलमा हालेर लैजान लागिएको आधा क्विन्टल गाँजा सिमानाकाबाट बरामद भएको छ ।

भारत लैजान लागिएको उक्त परिमाणको एक बोरा गाँजा बाराको पचरौता नगरपालिका–२ बिष्णपुरस्थित सडकबाट हिजो साँझ प्रहरीले बरामद गरेकाे हाे ।

नम्बर नखुलेको मोटरसाइकलमा राखि नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेकाे प्रहरीले बताएकाे छ ।

गाँजाको बोरा राखेर मोटरसाइकलमा हुइङ्किएका व्यक्ति प्रहरी देखेपछि फालेर भागेका थिए । फरार व्यक्तिको खोजी भइरहेकाे प्रहरीले बताएकाे छ ।

टिप्पणीहरू