जनताविरुद्ध षड्यन्त्र गर्ने व्यक्तिलाई मान्दैनौँ भन्दै मधेसबाट राष्ट्रपतिको राजीनामा माग

जनताविरुद्ध षड्यन्त्र गर्ने व्यक्तिलाई मान्दैनौँ भन्दै मधेसबाट राष्ट्रपतिको राजीनामा माग

संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले घोर असंवैधानिक भनेको छ । विधेयक प्रमाणीकरण नगरेर संविधानको घोर उल्लंघन भएको भन्दै सो पार्टीले भण्डारीको राजीनामासमेत मागेको छ ।

पार्टी अध्यक्ष वृषेशचन्द्र लालले आज वक्तव्य सार्वजनिक गर्दै राष्ट्रपतिको कदमलाई असंवैधानिक र आफ्नै देशका जनताविरुद्ध विभेदकारी मानसिकताले गरिएको षड्यन्त्रको संज्ञा दिएका छन् ।

‘संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । हामी राष्ट्रपति विद्या भण्डारीको तत्काल राजीनामाको माग गर्दछौं’, लालले भनेका छन् ।साथै, विज्ञप्तिमा संवैधानिक राष्ट्रपतिले राजतन्त्रमा जसरी सबै शक्तिको स्रोत देखाउने कोसिस गरेको भन्दै आपत्ति जनाइएको छ ।

टिप्पणीहरू