राजधानीभित्रै भारी परिमाणमा बिस्फोटक पदार्थ समातियो

राजधानीभित्रै भारी परिमाणमा बिस्फोटक पदार्थ समातियो

बिप्लव नेकपाका ललितपुर जिल्ला सदस्य सानुराजा बज्राचार्यबाट ग्रिनेड, बिस्फोटक पदार्थ, बम बनाउने सामग्रीसहित भारी परिमाणमा सामानहरु बरामद भएको छ । तारकेश्वर नगरपालिका-११, नेपालटार (गोङ्गबू) क्षेत्रस्थित उनको डेरामा आज छापा मार्दा ती सामान समातिएको हो । सानु खत्री केसीको उक्त घरमा डेरा लिई स्वयम्भू सानो भर्याङ्ग एरियामा बस्दै आएका बज्राचार्यले डेरालाई हतियार भण्डारण केन्द्रको रूपमा प्रयोग गरेको बताइन्छ ।

उनलाई हिजो बिहान साढे एघार बजे पाटन क्याम्पस पछाडि तापाहिटीबाट समातिएको थियो । उनैले देखाएबमोजिम आज छापा मार्दा त्यति सामान बरामद भएको हो । उनी विभिन्न नाउँमा तीन वटा फेसबुक अकाउन्टमार्फत साथीहरुसङ्ग सम्पर्कमा रहन्थे !

टिप्पणीहरू