भारतले बेलायतलाई उछिन्यो

भारतले बेलायतलाई उछिन्यो

भारत बेलायतलाई उछिनेर विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको छ । एक दशक अघिसम्म भारतको कुल गार्हस्थ उत्पादन विश्वमा ११ औं स्थानमा थियो । सन् २०२२ मा ७ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपणको नजिक पुगेपछि भारतले बेलायतको अर्थतन्त्रलाई उछिनेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार निरन्तरको मुद्रास्फितीको कारण बेलायतको अर्थतन्त्र ओरालो लागेको र भारतको वृद्धि भएकाले उक्त अवस्था बनेको हो ।कोषको एक अर्को सर्वेक्षणले आगामी पाँच वर्षमा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने र बेलायत छैठौंमा रहने अनुमान गरेको छ ।

अहिले विश्वमा अर्थतन्त्रको हिसाबले पहिलो अमेरिका, दोस्रो चीन, तेस्रो जापान र चौथोमा जर्मनी देखिएको छ । भारतपछि बेलायत, फ्रान्स, क्यानाडा, इटाली र ब्राजिल रहेका छन् ।

टिप्पणीहरू