बालुवाटारमा गठबन्धनको दोस्रो बैठक शुरु

बालुवाटारमा गठबन्धनको दोस्रो बैठक शुरु

सत्ता गठबन्धनका शीर्ष नेताहरु सीट भागबण्डाको विषय टुंग्याउन फेरी जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै बैठक शुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा अहिले बसिरहेको बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एवम् उपमहासचिव वर्षमान पुन सहभागी हुनुहुन्छ ।

कांग्रेसबाट नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का पनि बैठकमा बस्नुभएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको पनि बैठकमा उपस्थिती रहेको बताइएको छ ।

यसअघि आजै बिहान बसेको बैठक अर्कै विषयमा केन्द्रित भएपछि सीट भागबण्डाबारे साँझ छलफल गर्नेगरी बैठक बोलाइएको थियो । बिहानको बैठक निजगढ विमानस्थलका विषयमा केन्द्रित भएको थियो ।

अहिलेको बैठकमा सीट बाँडफाँडका अलावा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी आज १५ औँ दिन कटाए सरकारले चाल्ने सम्भावित कदमबारे पनि छलफल हुने बुझिएको छ ।

टिप्पणीहरू