कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा मुलुकभर ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय १२ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

१५ सय ३५ जनामा गरिएको पीसीआर परीक्षणमा ३९ जना र १९ सय ७७ जनामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण देखिएको छ ।

सो अवधिमा एक सय ६० जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै, आज कोरोना संक्रमणका कारण कसैको ज्यान गएको छैन । हाल देशभर एक हजार ६१९ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू