सिट बाँडफाँड नमिलेपछि एकैदिन दुई पटक बैठक

सिट बाँडफाँड नमिलेपछि एकैदिन दुई पटक बैठक

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जानका लागि सत्तारुढ गठबन्धनलाई सिट भागबण्डा मिलाउनै सकस परेको छ । सिट बाँडफाँड गर्न कार्यदल र नेताहरुको लगातार बैठक बसेपनि कुनै निष्कर्ष निस्किन सकेको छैन ।

सिट भागबण्डा गर्न आज दिउँसो ४ बजे फेरि पनि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पनि केही टुंगो लगाउन नसकेपछि पुनः बैठक बोलाइएको हो । केही बेरअघि मात्र सकिएको बैठकमा नेपाली काङ्ग्रेसबाट नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्काले उपस्थिति जनाउनुभएको थियो ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल पनि बैठकमा सहभागी हुनुभएको थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल,हिमलाल पुरी,सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत अन्य नेताहरु पनि बैठकमा देखिनुभएको थियो ।

टिप्पणीहरू