धादिङका मनोजले एनएमबी बैंकको एटिएम मेसिन फोरे

धादिङका मनोजले एनएमबी बैंकको एटिएम मेसिन फोरे

कास्कीमा एटिएम मेसिन तोडफोड गरेका युवकलाई प्रहरीले पक्रेको छ । गएराती पोखरा महानगरपालिका ६, लेकसाइडको बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फोड्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ५, सल्यानटारका २५ वर्षीय मनोज कुमाल पक्राउ परेका हुन् ।

एटिएम फुटाइरहेको खबर पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनलाई रंगेहात पक्रेको हो । उनको साथबाट एक थान खुकुरी फेला परेको छ । पक्राउ परेका कुमालमाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू