हिजो झन्डै २५ सय ड्राइभरमाथि ट्राफिकको कारबाही

हिजो झन्डै २५ सय ड्राइभरमाथि ट्राफिकको कारबाही

हिजो एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ४८२ जना चालक कारबाहीमा परेका छन् । उनीहरु काठमाडौं उपत्यकाको विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने १२०, रेड लाइट बाल्ने ८४, लेन मिच्ने ५२ जना कारबाहीमा परेका हुन् । त्यसैगरी, नम्बर प्लेट नभएको २६, अनावश्यक हर्न बजाउने ७० र अन्य ट्राफिक नियम पालना नगर्ने २१ सय ८७ जना चालक कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यलयले जानकारी दिएको छ ।

टिप्पणीहरू