गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु

गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले पौने ११ बजेबाट बैठक प्रारम्भ भएको बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायण काजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल सहभागी हुनुहुन्छ ।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल तथा हिमाल पुरी र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको बताइएको छ ।

बैठकमा निर्वाचनमा सीट बाँडफाँड र राष्ट्रपति कार्यालय शीतल निवासमा प्रमाणीकरणको लागि पुगेको नागरिकता विधेयकबारे छलफल हुने जानकारी दिइएको छ । विधेयक दोस्रो पटक प्रमाणीकरणको निम्ति शीतल निवास पुगेको हो । संविधानतः आज १५ दिनभित्र विधेयक प्रमाणीकरण भइसक्नुपर्नेछ ।

टिप्पणीहरू