राजधानीमा गोली चल्दा घाइते सर्लाहीका दर्जी टिचिङ पुर्याएपछि बिते

राजधानीमा गोली चल्दा घाइते सर्लाहीका दर्जी टिचिङ पुर्याएपछि बिते

काठमाडौंको गोठाटारमा केही बेरअघि गोली चलेको छ । गोली लागेर गम्भीर घाइते भएका सर्लाहीका लालमोहमद दर्जीको मृत्यु भएको बताइएको छ ।

मोटरसाइकलमा आएका व्यक्तिले चलाएको गोली लागेपछि दर्जी घाइते भएका हुन् । घाइते उनको पहिले नजिकैको शंकरापुर अस्पतालमा उपचार भएको थियो । थप उपचारको निम्ति दर्जीलाई महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको आकस्मिक कक्षको बेड नम्बर २९ मा पुर्याए पनि उनको निधन भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

यता गोली प्रहारपछि फरार व्यक्तिको खोजी भइरहेको छ । दर्जीलाई गोली हान्नुको कारण अनुसन्धानबाट खुल्ने प्रहरीले बताएको छ । सर्लाहीको गडैता नगरपालिका २ घर भएका र हाल गोठाटार कागेश्वरी नगरपालिका ८ बस्ने वर्ष ५५ को लाल मोहमदको टाउकोमा दुई ठाउँमा गोली लागेको छ । दाहिने काखी र तिघ्रामा पनि एक एक वटा गोली लागेको बताइन्छ ।

कागेश्वरीको सनातनधाम कृष्ण मन्दिर नजिकै आज साँझ भएको गोली हानाहानमा प्रयोग भएको पेस्तोल पनि फलिएको अवस्थामा फेला परेको छ । घट्नास्थलमा चार राउण्ड खोका र पेस्तोलमा दुई राउण्ड गोली समेत फेला परेको छ ।

घटनास्थल नजिकै एभेञ्जर इन्टरप्राइज वर्ल्डस बेस्ट गार्मेन्ट सञ्चालन गर्दै आएका दर्जीलाई गार्मेन्ट अगाडि बा. ६ च ५१५२ नम्बरको कारबाट ओर्लने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको हो । फरार समूहको खोजी भइरहेको छ ।

https://www.facebook.com/100013825293075/videos/635352097989419/

टिप्पणीहरू