शीतल निवासले भाेलि के गर्ला त ! प्रचण्डसँग सल्लाह गरेर प्रधानमन्त्री देउवा राष्ट्रपतिकाेमा

शीतल निवासले भाेलि के गर्ला त ! प्रचण्डसँग सल्लाह गरेर प्रधानमन्त्री देउवा राष्ट्रपतिकाेमा

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुग्नुभएको छ ।

अपराह्न सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेर प्रधानमन्त्री देउवा लगत्तै राष्ट्रपति भेट्न शीतल निवास जानुभएको हो । भेटमा नागरिकता विधेयकको प्रमाणीकरणका विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रपतिले यसअघि सन्देशसहित फिर्ता पठाउनुभएको विधेयकलाई संघीय संसदका दुवै सदनले जस्ताको त्यस्तै पास गरेर पुनः प्रमाणीकरणका लागि पठाएको आज १४ दिन पुगे पनि लालमोहोर लागेको छैन । विधेयकलाई राष्ट्रपतिले दोस्रो पटकमा १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

तर, राष्ट्रपति भण्डारीले आफ्ना सुझावलाई ध्यान नदिई जस्ताको त्यस्तै विधेयक पास गरेर पठाएको भन्दै असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री देउवा शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ ।

टिप्पणीहरू