तेह्रथुमको होटलमा १५ वर्षीया बालिका बलात्कृत

तेह्रथुमको होटलमा १५ वर्षीया बालिका बलात्कृत

तेह्रथुमको एक होटलमा १५ वर्षीय बालिका बलात्कृत भएकी छन् । बालिका लालीगुराँस नगरपालिका २ बसन्तपुरमा रहेको होटलमा बलात्कृत भएको प्रहरीले जनाएको छ ।

उनलाई होटलमा लिएर जबरजस्ती करणी गरेको आरोपमा स्थानीय केबुक बस्ने २७ वर्षीय राजन लिम्बु पक्राउ परेका छन् । गए राति बसन्तपुरबाट खटिएको प्रहरीले आरोपी लम्बुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बताएको छ ।

टिप्पणीहरू