दशैंको पूर्वाद्र्धमा गाउँघरमा खसी चोरको बिगबिगी

दशैंको पूर्वाद्र्धमा गाउँघरमा खसी चोरको बिगबिगी

दशैं नजिकिएसँगै गाउँघरमा खसी चोरहरु सक्रिय हुन थालेका छन् । हालैका दिनमा सिन्धुलीमा तीन वटा खसी चोरिएका छन् ।

स्थानीय शंकर श्रेष्ठले जंगलमा चराउन लगेका ती खसी चोरिएको बताइन्छ । खसी चोरेको आरोपमा गाउँकै तीन जना युवक पक्राउ परेका छन् ।

स्थानीय सुरेन्द्र घलान, रामबहादुर वाईबासहित तीन जना सो आरोपमा पक्राउ परेका हुन् । उनीहरुले जंगलबाट चोेरेर शनिबारे हटियामा खसी बेच्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

तीनै जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू