माओवादीको बन्दसूची बोकेर देव गुरुङको टोली बहादुर भवनमा

माओवादीको बन्दसूची बोकेर देव गुरुङको टोली बहादुर भवनमा

नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ बाहिर रहेकाले पदाधिकारी बैठक बसेर थप छलफल गर्न नभ्याइने भएपछि हिजो गठित कार्यदलले बनाएकै सूची निर्वाचन आयोगमा बुझाउन माओवादी नेताहरु भर्खर बहादुर भवनतर्फ निस्किएका छन् । समानुपातिक सूची बुझाउन महासचिव देव गुरुङ,सचिव लीलामणि पोख्रेललगायतका नेताहरु बहादुर भवन गएका हुन् ।

सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महरा पनि परेको बताइएको छ ।

टिप्पणीहरू