कहाँबाट जुटे यत्तिका युवा ?

कहाँबाट जुटे यत्तिका युवा ?

तनाव जारी रहने आशंकामा प्रहरीले बालुवाटार प्रवेश गर्ने पाँचवटा नाकामा वानटनसहितको सुरक्षा तैनाथ गरेको छ ।

सामाजिक सञ्जाल हिजोआज यति असरदार छन् कि मान्छे जम्मा हुन कत्ति बेर नलाग्ने !  बिहीबार अघि र पछि तनावग्रस्त बनेको बालुवाटार–भाटभटेनी खण्डको प्रदर्शनलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन् ।

सुरक्षा निकायहरुले सरकारसमक्ष शुक्रबार पेश गरेको विश्लेषणमा भनेका छन्, ‘राजनीतिक कोणबाट हेर्दा यसमा कसैको प्रत्यक्ष संलग्नता छैन । तर, असंगठित युवाहरु यसरी भेला हुने, प्रदर्शनमा उत्रिने सिलसिलाले स्थिति राजनीतिक नेतृत्वको नियन्त्रणभन्दा बाहिर जाने खतरा देखिन्छ ।’

लकडाउन र कोरोना संक्रमणको कारण अहिले जनता सबभन्दा बढी फुर्सदमा छन् ।

कोरोना संक्रमण व्यवस्थापनका सन्दर्भमा सरकारले गरेका कामबारे शुरुवातदेखि नै प्रश्न उठ्दै आएको छ । कतिपय सन्दर्भ प्रश्नयोग्य पनि छन् ।

प्रतिपक्षी दलले सदनमा यसबारे कुरा उठायो ।

प्रतिपक्षी दलसँग सदनमा विरोध गर्नेबाहेकका अरु कार्यक्रम थिएनन् । त्यसो गर्ने अनुकूल समय पनि होइन । तर, सामाजिक सञ्जालमार्फत एकत्रित असंगठित युवा टोलीले बिहीबार अप्रत्यासित रुपमा भाटभटेनी अक्युपाई गर्‍यो।

त्यो भीडमा राजनीतिसँग प्रत्यक्ष चासो नभएका,विभिन्न पेशा,व्यवसाय र क्षेत्रमा संलग्न युवा बढी थिए ।

सरकारविरोधी प्रदर्शन भएका कारण प्रतिपक्षी कांग्रेससम्बद्ध नेविसंघ, विप्लव नेतृत्वको नेकपा, साझा, विवेकशील र राप्रपाका विद्यार्थी त्यसमा सरिक भए । तर, प्रदर्शन उनीहरुको नियन्त्रणमा थिएन ।

बिहीबारको अप्रत्यासित प्रदर्शनले निम्त्याएको तनाव जारी रहने आशंकामा प्रहरीले बालुवाटार प्रवेश गर्ने पाँचवटा नाकामा वानटनसहितको सुरक्षा तैनाथ गरेको छ । महाराजगञ्ज, कमलपोखरी र सोह्रखुट्टे प्रहरी बृत्तसहित १ र २ नम्बर गण पनि परिचालित छन् ।

टिप्पणीहरू