बिहान रोकिएको माओवादी बैठक अहिले बस्दै

बिहान रोकिएको माओवादी बैठक अहिले बस्दै

नेकपा माओवादी केन्द्रले आज दिउँसो २ पार्टी पदाधिकारी बैठक बोलाएको छ । आज बिहान ८ बजेका लागि डाकिएको पदाधिकारी बैठक स्थगित गरी दिउँसो २ बजेका लागि निर्धारण गरिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केही पदाधिकारी पार्टी कार्यक्रममा उपत्यका बाहिर जानुपर्ने भन्दै बैठक दिउँसो २ बजेका लागि सारिएको बताइएको छ ।

आजको पदाधिकारी बैठकले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची टुंगो लगाएर निर्वाचन आयोगमा जाने कार्यक्रम तय गरिएको छ ।

अध्यक्ष दाहाल, अर्थमन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत नेताहरू सोलुखुम्बु गएको कारण बैठक दिउँसो सारिएको हो ।

टिप्पणीहरू