भन्सार छलिएको सवा लाखको जुत्ता चप्पल

भन्सार छलिएको सवा लाखको जुत्ता चप्पल

धनुषामा भन्सार छलेर ल्याइएका सामान प्रहरीले बरामद गरेको छ । जनकपुर उपमहानगरपालिका २१ स्थित भारतबाट भन्सार छलेर ल्याइएका चप्पल र जुत्ता प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ज.१२ प.४१७० नम्बरको मोटरसाइकलमा ल्याइएका विभिन्न किसिमका चप्पल र जुत्ता बरामद गरेको हो । उक्त सामानको मूल्य करिब एक लाख २५ हजार रुपैयाँ रहेको प्रहरीले बताएको छ ।

बरामद सामान र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।

टिप्पणीहरू