यी हुन् संविधान दिवसको पदक पाउने कलाकर्मी

यी हुन् संविधान दिवसको पदक पाउने कलाकर्मी

सरकारले संविधान दिवसको दिन कलाकारलाई विभिन्न पदकबाट विभूषित गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कला, साहित्य, फिल्म, गीत संगीत, नाटकलगायत बिभिन्न विधाका कलाकारलाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको हो ।

अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि मानपदवी, अलङ्कार र पदक पाउनेको सूचिमा थुप्रै कलाकारहरुको नाम समेटिएको हो । यसवर्ष चार जना कलाकारलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ । सुकीर्तिमय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, नायक राजेश हमाल, कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन् ।

त्यस्तै, सुप्रबल जनसेवाश्री अभिनेता अर्जुन श्रेष्ठलाई दिने घोषणा गरिएको छ भने अभिनेता तथा निर्देशक कृष्ण कुमार मल्ल र कलाकार मिथिला शर्मालाई कीर्तिमय राष्ट्रदीप प्रदान गरिनेछ ।

प्रबल जनसेवाश्री अभिनेता तथा निर्देशक निर्मल शर्मा र कलाकार दयाहाङ राईले पाउने भएका छन् । कलाकार प्रदीप खड्का, निर्देशक माधव राज खरेल, नृत्य निर्देशक शिवराम बिक, निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, अभिनेता कुमार बस्नेत र कलाकार मनोहर सुनाम परियारलाई जनसेवाश्री दिने घोषणा गरिएको छ ।

नेपाल सेवा प्रवीण पाउनेको सूचीमा कलाकार सानु कान्छा शाही, प्रभाकार शर्मा, इन्द्र बहादुर खत्री र कष्ण बहादुर बिकको नाम रहेको छ । यसरी घोषणा गरिएका व्यक्तिलाई आगामी २०८० वैशाख १ गते नयाँ वर्षको दिन राष्ट्रपतिबाट ती मानपदवी, अलङ्कार र पदक प्रदान गरिने छ ।

टिप्पणीहरू