नक्कली सुनसँग सक्कली सुन साटेर ठग्ने समातिए

नक्कली सुनसँग सक्कली सुन साटेर ठग्ने समातिए

चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने एक जना पक्राउ परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका-१२ का ३९ वर्षीय वीरबहादुर घिसिङलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले महिलालाई लक्षित गरी नक्कली सुनलाई सक्कली सुनका गरगहना भनि झुक्काउने गरेको प्रहरीले जनाएको छ । पीडित महिलाहरुले गरेको गुनासोका आधारमा उनलाई भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट प्रहरीले समातेको हो ।

घिसिङको साथबाट नक्कली सुन र एक बन्डल रकम बरामद गरिएको प्रहरीले बताएको छ । उनलाई चितवन जिल्ला अदालतबाट हिजो ठगी उद्योग कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।

टिप्पणीहरू