टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

आज विभिन्न कार्यक्रम आयोजना गरि देशभर संविधान दिवस मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो ।

समारोहमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक परेवा उडाईएको थियो भने विभिन्न समुदायका झाँकीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राष्ट्रिय धुनसहित ब्यान्ड बाजा प्रस्तुत गरेको थियो ।

सो अवसरमा नेपाली सेनाले विभिन्न कलाकौशल पनि प्रस्तुत गरेको थियो ।

टिप्पणीहरू