डिभोर्सको सट्टा मृत्यु रोजेको सन्देश लेखी कोठाबाट निस्केका पत्रकारको मोबाइल बन्द

डिभोर्सको सट्टा मृत्यु रोजेको सन्देश लेखी कोठाबाट निस्केका पत्रकारको मोबाइल बन्द

उदयपुरका पुराना पत्रकार बिदुर कटुवालले आफूले मृत्यु रोजेको सन्देश सामाजिक सञ्जालमा लेखेर मोबाइल स्वीच अफ गरेका छन् । उनले श्रीमतीसँग डिभोर्स गर्नुभन्दा मर्नु बेस भन्दै स्टाटसको शुरुमै ‘अल बिदा’ जिन्दगी लेखेका छन् ।

स्टाटसमा छोरोलाई ‘मीस यु छोरो’ लेखेका छन् भने ‘डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजेँ प्रिय रिता, मिस यु’ भनेर श्रीमतीलाई सम्बोधन गरेका छन् । छोरोलाई सम्झाउँदै लेखेका छन्, ‘बाबाले मामुलाई डिभोर्स दिनुभयो भन्ने हल्ला तिमीले सुन्नुभन्दा बाबा मर्नुभयो भन्ने खबर नै ठीक हुन्छ होला छोरो ।’

भाइहरुलाई सम्झाउँदै उनले आमा र बाबाको ख्याल गर्न पनि सुझाएका छन् । आज बिहान ९ बजेको समयमा उनले लेखेको फेसबुक स्टाटसमा श्रीमतीलाई पहिलेको कुरा सम्झाउँदै उल्लेख गरेका छन्, ‘प्रिय रिता,तिमीलाई मैले मर्न मन लाग्छ भनेको थिएँ । मर मर भन्थ्यौ । अब मर्छु । बाँच्दिन खुशी हुुनु ।’

बहिनीलाई पनि ूबहुला दाइ मर्यो अब’ भनेर सम्झाएका छन् । फोटा र श्रीमती रिताले बनाएका टिकटक साथीभाइका लागि सम्झनाको लागि मात्रै उल्लेख गरेका छन् ।

उनले स्टाटस लेखेपछि मोबाइल नम्बर ९८५२८३८७७७ स्वीच अफ गरेका हुन् । आज बिहान गौशालाबाट मर्छु भनेर बिहान ८ बजे निस्केको बताइन्छ । प्रहरीले उनको बारेमा सबै जानकारी लिएर फेसबुकसँग सम्पर्क गरी उध्दार थालेको बताइन्छ । कटुवाल गाईघाट नजिकै पौने ११ बजेको समयसम्म जीवितै रहेको प्रहरीको दाबी छ ।

टिप्पणीहरू