बालुवाटारको छलफलअघि प्रधानमन्त्री र प्रचण्डको को-कोसँग भेट ?

बालुवाटारको छलफलअघि प्रधानमन्त्री र प्रचण्डको को-कोसँग भेट ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच अपरान्ह ५ बजेबाट झण्डै ४५ मीनेट भेटवार्ता भएको बताइएको छ । सत्ता गठबन्धन दलहरुबीच निर्वाचनमा सीट भागबण्डा नमिलेको सन्दर्भमा भएको हिजोको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।

हिजो बालुवाटारमा दुई नेताबीच भेटघाटअघि खुमलटारस्थित अध्यक्ष दाहालको अर्थमन्त्री जनार्दन शर्मासङ्ग भेटवार्ता भएको थियो । उहाँहरुबीच बिहान सवा ७ बजेदेखि ८ बजेसम्म छुट्टै कुराकानी भएको हो ।

उता बालुवाटारमा पनि बिहान प्रधानमन्त्रीले कानुनमन्त्रीसँग छुट्टै भेटवार्ता गर्नुभएको बताइन्छ । प्रधानमन्त्री देउवा र कानुन,न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाबीच बिहान ८ बजेदेखि एक घण्टा कुराकानी भएको थियो ।

टिप्पणीहरू