खोचमा खसेका शिक्षकलाई सेनाले निकाल्यो

खोचमा खसेका शिक्षकलाई सेनाले निकाल्यो

हिजो दिउँसो नुहाउने क्रममा खोँचमा खसेका शिक्षकलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।

दोलखाको कालिञ्चोक–३ स्थायी घर भई हाल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक केशव सिवाकोटीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत २२ घण्टापछि उद्धार गरिएको हो ।

स्थानीय छ्याप्ती खोलामा नुहाउने क्रममा उनी करिब दुई सय मीटर तल खोचमा खसेका थिए ।

बेलुका साढे ६ बजे स्थानीय बासिन्दाहरुले उनलाई देखेपछि सुरक्षा निकायमा खबर गरेका हुन् ।

सेनाको कोर्ट (कम्पोसाइट क्विक रेस्पोन्स टिम) ले अगुस्टा (एनए–०५८) हेलिकप्टरमार्फत आज दिउँसो उनको उद्धार गरेको हो । हाल उनको अवस्था सामान्य रहेको बताइएको छ ।

टिप्पणीहरू