संविधान दिवसमा एनसेलको विशेष अफर

संविधान दिवसमा एनसेलको विशेष अफर

एनसेलले आठौं संविधान दिवसको अवसरमा आजबाट लागु हुने गरी नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत ग्राहकले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने बताइएको छ ।

यी प्याक आजबाट पर्सिसम्म सञ्चालन हुनेछन् । ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रुपैयाँमा खरिद गर्न सक्ने जानकारी दिइएको छ । उक्त प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन सक्छन् ।

एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरमा यो अफर अवधिभर सुलभ दरमा कल गर्न र एसएमएस पठाउन सकिने बताइएको छ । जसअनुसार ग्राहकले ९५ रुपैयाँमा दुई सय मिनेट अल नेट टक टाइम र दुई सय वटा एसएमएस बण्डलको प्याक लिन सक्छन् । उक्त प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि तीन दिनको राखिएको छ ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने एनसेलले विश्वास लिएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्ने एनसेलन आजियाटा लिमिटेडले दाबी गरेको छ ।

टिप्पणीहरू