एमाले भोलि निर्वाचन आयोग जाने

एमाले भोलि निर्वाचन आयोग जाने

नेकपा एमालेले समानुपातिक उम्मेदवारहरुको सूची तयार गरेको छ । आज बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिएको हो ।

पार्टी प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभातर्फ ११० जना समानुपातिक उम्मेदवार छानिएको जानकारी दिए । तीमध्ये ५७ जना महिला हुन् । प्रदेश सभातर्फ प्रदेश नम्बर १ का लागि ३७ जना, मधेशमा ४३ जना, बागमतीमा ४४ जना, गण्डकीमा २४ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १६ जना, सुदूरपश्चिममा २१ जनाको नाम तयार पारिएको छ ।

उक्त सूची लिएर भोलि कान्तिपथस्थित आयोगमा जाने तयारी एमालेले गरेको छ ।

टिप्पणीहरू