भारतमा चरेससहित पाँच नेपाली पक्राउ

भारतमा चरेससहित पाँच नेपाली पक्राउ

भारतमा चरेससहित पाँच नेपाली पक्राउ परेका छन् । सशस्त्र सीमा बल (बीओपी) ले उत्तर प्रदेशको रेलवे स्टेसन नजिकैबाट चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ पर्नेमा तीन नेपाली महिला र दुई युवा हुन् । नेपालमा सशस्त्र प्रहरी बल र प्रहरीले शंकास्पद युवकको खोजी गरेको बेलामा उनीहरुको साथबाट करिब साढे तीन किलो चरेस भारतमा फेला परेको बताइएको छ ।

भारतमा हिजो दिउँसो उक्त परिमाणको चरेससँगै यता कपिलवस्तुको कृष्णनगरमा पनि सशस्त्र प्रहरी बलको टोलीले झण्डै चार किलो चरेस समातेको थियो । पक्राउ परेका युवकले अरुले पनि लागुपदार्थ बोकेर भारततर्फ आउँदै गरेको बयान दिएका छन् ।

भारतीय प्रहरीले पक्राउ परेका नेपालीको साथबाट आधा दर्जन चरेसका प्याकेट बरामद गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू