चोलेन्द्रसँग सर्वोच्चले निलम्बन फुकुवाको पत्र माग्यो

चोलेन्द्रसँग सर्वोच्चले निलम्बन फुकुवाको पत्र माग्यो

संसदीय समितिले महाभियोग लगाउन सिफारिससहितको प्रतिवेदन सभामुखलाई बुझाएकै भोलिपल्ट सर्वोच्च अदालत फर्किन खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई सर्वोच्च प्रशासनले निलम्बन फुकुवाको पत्र मागेको छ ।

अदालत फर्किन चोलेन्द्रले जबर्जस्ती गर्न खोजेपछि सर्वोच्च प्रशासनले निलम्बन फुकुवाको पत्र मागेको हो । पत्र नल्याउँदासम्म सर्वोच्च प्रवेश गर्न नदिनु भनी सुरक्षाकर्मीलाई निर्देशनसमेत दिएको छ ।

चोलेन्द्रले भने आफूलाई महाभियोग लगाउने प्रतिनिधिसभाको आयु नै गएरातिबाट सकिएकाले महाभियोग स्वतः निष्क्रिय भएको जिकिर गरेका छन् । उनले आफू नियमित काममा फर्कने भन्दै हिजो सर्वोच्चका रजिस्ट्रारलाई आवश्यक तयारी गर्न निर्देशनसमेत दिएका थिए ।

तर, आज दुवै बारका पदाधिकारीसहित वकिलहरू चोलेन्द्रलाई सर्वोच्च प्रवेश गर्न नदिन आन्दोलनमा उत्रिएका थिए भने सरकारले पनि प्रहरी परिचालन गरेको थियो । अन्ततः बालुवाटार निवासमै सुरक्षाकर्मीको घेरामा परेका चोलेन्द्रको सर्वोच्चमा फर्किने प्रयास भने सफल भएको छैन ।

अहिले बारका पदाधिकारीहरु सर्वोच्चबाट फर्किसकेका छन् तर त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

टिप्पणीहरू