जर्साब किन जङ्गिए ?

जर्साब किन जङ्गिए ?

छोरा सैन्य इतिहासकै नौलो कारवाहीको फन्दामा, बाबु कुनै अवकासप्राप्त जर्नेलले नबोलेका कुरा बोल्दै विदेशतिर ।

नेपाली सेनाका दुई तारे जर्नेल अजितबरसिंह थापा आर्थिक अनियमितताअन्तर्गत निगरानीमा परेकै बेला उनका बाबु तथा पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापा भने भारत र अमेरिकाविरोधी अभिव्यक्ति दिइरहेका छन् ।

भारतीय सैनिक सेवाको उच्चतहबाट अवकास पाएका कुनै जनरलले यस्ता विषयमा केही बोलेमा ठूलै समाचार बन्ने गरेका छन् । तर, लामो समयदेखि लो प्रोफाइलमा बसेका हाम्रा भूपू प्रधानसेनापतिले रास्ट्रहितमा बोल्दाचाहिँ स्वास्थ्य अवस्थासङ्ग जोडेर हाम्रै मान्छेबाट उडाउने काम भइरहेको टिप्पणी अर्काथरि सैनिक अधिकारीले गर्ने गरेका छन् ।

भारत र थाइल्याण्डमा बढी समय बिताउने धर्मपालले भारतद्वारा अतिक्रमित नेपाली भूमिको पक्षमा, अर्थात् भारतको विरोधमा र अमेरिकी सहायता परियोजना एमसिसी प्रकरणमा पनि अमेरिकाविरोधी धारणा पेश गर्दै आएका छन् ।

जबकि, सैन्य सेवाबाट सेवानिबृत्त भएको मुख्य व्यक्तिसँग अर्को देशबारे खुलेआम टिप्पणी गर्ने अधिकार हुँदैन । त्यसमाथि धर्मपालवरसिंह यस्ता पूर्वप्रधानसेनापति हुन् जो, नेपाली सेनाको निम्तोहरुमा जाने गर्दैनन् ।

एक त, भारत–थाइल्याण्डतिरैको बढी बसोबास । अर्कातिर, यतै भए पनि पुराना साथीसंगी भेटौँ, रमौँ भन्ने चाहना नभएका ।

टिप्पणीहरू