एमाले अध्यक्ष भोेलि बिहान ट्याक सुटमा, दिउँसो मयलपोसमा

एमाले अध्यक्ष भोेलि बिहान ट्याक सुटमा, दिउँसो मयलपोसमा

एमाले अध्यक्ष केपी शर्मा ओली भोलि बिहान फरक खालको पोशाकमा काठमाडौंको शहीद गेट जानुहुने भएको छ । उहाँ पार्टी निकट युवा संघले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन बिहान पौने ७ बजे त्यहाँ जाने कार्यक्रम छ ।

संविधान दिवसको उपलक्ष्यमा युवा सँगसँगै पदयात्रा कार्यक्रममा सहभागी हुने बताइएको छ । उहाँले नीलो ट्रयाक सुट र नीलो क्याप पहिरिने आयोजक पक्षले जानकारी दिएको छ । भोलि बिहान राजधानीको नयाँ बानेश्वर, कुपण्डोल, कालिमाटी, लैनचौर र मैतिदेवी चोकबाट आएको जुलुश शहीद गेटमा भेला हुने कार्यक्रम छ ।

भोलि नै एमालेले च्यासलस्थित पार्टी कार्यालयमा सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजे डाकिएको बैठक अध्यक्ष ओलीको अध्यक्षतामा बस्ने बताइएको छ । उहाँ पार्टीका अधिकांश कार्यक्रममा मयलपोसमा सजिएर जाने गर्नुभएको छ ।

टिप्पणीहरू