दशैंको टीकाको साइत जुर्यो, घटस्थापना बिहान १० बजेर २३ मीनेटमा

दशैंको टीकाको साइत जुर्यो, घटस्थापना बिहान १० बजेर २३ मीनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मीनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

जसअनुसार बिहान १०ः३४ बजे देवी बिसर्जन गरी ११ः५१ बजे टीका लगाउन उत्तम समय रहेको बताइन्छ । साथै, पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने समितिद्वारा आज जारी सूचनामा उल्लेख छ ।

असोज १० गते सोमबारदेखि नवरात्र आरम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १० बजेर २३ मीनेटको साइत शुभ रहेको छ ।

त्यस्तै, असोज ११ गते बिहान ११ बजेर ११ मीनेटमा झण्डा फेर्ने, १४ गते पचलीभैरव यात्रा, १६ गते फूलपाती छ । सोही दिन बिहान १० बजेर ५ मीनेटमा तुलजाभवानी यात्राको साइत जुरेको छ ।

तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ बजेर ३५ मीनेटमा रहेको छ । असोज १७ गते महाअष्टमी र १८ गते महानवमी परेको छ । दशैंमा पिङ खेल्ने, चंगा उडाउने र घरपरिवार, आफन्तसँग मिलेर रमाइलो गर्ने गरिन्छ ।

टिप्पणीहरू