भारतविरुद्ध पहिलो हाफमा नेपालको अग्रता

भारतविरुद्ध पहिलो हाफमा नेपालको अग्रता

दशरथ रंगाशालामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल नेपालले भारतविरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा नेपालले १-० गोलको अग्रता लिएको हो ।

खेलको अधिकांश समय बलमा पकड बनाएको नेपाललाई अग्रता दिलाउन रश्मी कुमारी घिसिङले पहिलो हाफको अन्त्यतिर गोल गर्न सफल भएकी हुन् । प्रिति राईले दिएको पासमा रश्मीले बक्स भित्रबाट बल कन्ट्रोल गर्दै उत्कृष्ट फिनिसिङ गरिन् । भारतले नेपालमाथि लगातार दबाब बनाएपनि गोल गर्न भने सकेन ।

अहिले दोस्रो हाफको खेल चलिरहेको छ । सेमिफानलको विजेता टोलीले उपाधिका लागि फाइनलमा बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।

टिप्पणीहरू