नयाँ नोट बाँड्न राष्ट्र बैंकको नयाँ निर्देशन

नयाँ नोट बाँड्न राष्ट्र बैंकको नयाँ निर्देशन

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई नयाँ नोट सटहीका लागि शाखा कार्यालय तोक्न निर्देशन दिएको छ । दशैँ, तिहारलगायत चाडपर्वको निम्ति नयाँ नोट सटही गर्न चाहने सर्वसाधारणलाई सहजीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यकाभित्र पाँच वटा शाखा तोक्न वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सबै इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकलाई आगामी आइतबारदेखि आफ्नो बैंकका शाखामार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन भनेको हो । काठमाडौं, भक्तपुर र ललितपुरमा वाणिज्य बैंकका आफ्ना शाखा कार्यालय वा एक्सटेन्सन काउण्टर तोकेर सोको जानकारी आफ्नो वेवसाइटमा राख्नुपर्ने राष्ट्र बैंकले बताएको छ ।

गत वर्षझैं सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट साट्न पाउने बताइएको छ । ५, १०, २०, ५० र एक सय रुपैयाँ दरका एक/एक प्याकेट नोट साट्न सकिने छ ।

टिप्पणीहरू