लाइसेन्स नभएकाले पढाउन नपाउने

लाइसेन्स नभएकाले पढाउन नपाउने

बैतडीको सुर्नया गाउँपालिकाले अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका शिक्षकलाई सेवाबाट हटाउने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयमा पढाउँदै आएका शिक्षकहरुको लाइसेन्स खोज्ने र नभएकालाई सेवाबाट हटाउने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयहरुमा कार्यरत लाइसेन्स नभएका शिक्षकलाई भोलिदेखि लागू हुनेगरी अवकाश दिइने गाउँपालिकाद्वारा हिजो जारी सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ,‘गाउँपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत अध्यापन अनुमतिपत्र नभएका शिक्षकहरुलाई मिति भोलि असोज १ गतेदेखि लागू हुनेगरी अवकाश दिने निर्णय भएकाले उक्त निर्णय कार्यान्वयन गर्नुहुन निर्देशानुसार अनुरोध छ ।’

गाउँपालिकाको गत भदौ २४ गतेको बैठकले उक्त निर्णय गरेको हो ।

टिप्पणीहरू