वृद्धभत्ता बुझ्नेले नाबालिका पनि छाडेनन्, गर्भ बसेपछि घटना उदाङ्गो

वृद्धभत्ता बुझ्नेले नाबालिका पनि छाडेनन्, गर्भ बसेपछि घटना उदाङ्गो

झापाका ७३ वर्षीय वृद्धले नातिनी उमेरका बालिकाहरुलाई जबर्जस्ती करणी गर्ने गरेको खुलेको छ । मेचीनगर नगरपालिका–१२ का ७३ वर्षीय कपिलमनि पौडेलमाथि १७ र ११ वर्षिया बालिकालाई पालैपालो जबरजस्ती करणी गरेको अभियोग लागेको थियो ।

विभिन्नि मिति र समयमा स्थानीय दुई बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

करणीबाट १७ वर्षीया किशोरी गर्भवती भएपछि घटना बाहिरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । आरोपित पौडेललाई आज बिहान नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको झापा प्रहरीले बताएको छ ।

टिप्पणीहरू