चार महिनामा १२८९ मृत्यु !

चार महिनामा १२८९ मृत्यु !

निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता नामावलीमा दावी–विरोधका लागि उपलब्ध गराएको समयमा स्थानीय तहहरूले आफ्नो पालिकामा मतदाता रहेर निधन भएका १ हजार २ सय ८९ जनाको सूची पठाएका छन् ।

आयोगले मृत्यु भएका मतदाताको नामावली हटाउँदै थप नामावली अद्यावधिक गरिरहेको छ । यो अघिल्लो स्थानीय तहको निर्वाचनपछि मृत्यु भएकाहरूको संख्या हो ।

त्यस्तै, आयोगले दोहोरो नाम परेका १ हजार ३ सय ४ जनाको नाम हटाएको छ । अन्तिम नामावली प्रकाशनअघि आयोगले ३ सय ७० जनाको दोहोरो नाम हटाएको थियो । आयोगले अन्य जिल्लामा फोटो खिचाएका मतदाताको नामावली अद्यावधिक गरिरहेको छ ।

त्रुटि भएको नामावली सच्याउन ३२ जनाले आबेदन दिएका छन् । मतदाता नामावलीउपर कसैको पनि दावी विरोधको उजुरी परेन । यसअघि आयोगले ३ लाख १३ हजार १ सय ७७ जनाको नामावली सार्वजनिक गरेको छ ।

टिप्पणीहरू