यस्तो कसरी हुन गयो जर्साब ?

यस्तो कसरी हुन गयो जर्साब ?

काठमाडौंको पुतलीसडकस्थित पद्मोदय हाई स्कुल (हाल पद्मोदय माध्यमिक) विद्यालयबाट २०३४ सालमा दोस्रो श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएका तपाई २०७७ साल असार महिनामा उमेरको हदबाट ५८ वर्षमा अवकाश पाउँदै हुनुहुन्छ ।

तपाईंसँग त्यही स्कुलबाट त्यही सालमा एसएलसी पास गर्नुभएका तपाईंका सहपाठी र मिल्ने साथी उपरथी शशीबहादुर सिंहले पनि उमेरको हदबाट ५७ वर्षको उमेरमा अवकाश पाउनुपर्ने हो, हालसम्म किन अवकाश पाउनु भएन ?

थाहा पाएअनुसार ५७ वर्षमा अवकाश पाउनुपर्ने उपरथि ५८ वर्षमा अवकाश पाउने तपाईं भन्दा ९ महिनापछि अवकाश पाउँदै हुनुहुन्छ। तपाईं र निज उपरथी शशीबहादुर सिंहले सो स्कुलबाट २०३४ सालमा एसएलसी पास गर्नु भएको हो कि होइन ? यो कुरा तपाईंको सहपाठी साथी रथि (अ.प्रा.) गौरव तण्डुल, डिआईजी (अ.प्रा) रोमेन्द्रसिंह देउजा, डिआईजी (अ.प्रा.) रमेश खरेलका साथै जंगी अड्डाबाट १० मिनेट टाढा रहेको सो स्कुलबाट सजिलै बुझ्न सकिन्छ । यदि हो रहेछ भने तपाईंको नैतिकतामाथि प्रश्न उठाउन मिल्छ कि मिल्दैन ?

– नेपाली सेनाको भलो चिताउने अधिकृतवर्ग

टिप्पणीहरू