बिरामी परेका डा.गोविन्द केसीको तौल घट्यो

बिरामी परेका डा.गोविन्द केसीको तौल घट्यो

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत सोमबारदेखि धनगढीमा २०औं पटकको अनसन बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

अस्पतालले केसीको टाउको दुख्ने, रिंगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौ दिनमा २ केजी तौल घटेको जानकारी गराएको छ । त्यसैगरी पोषण तत्व र पानीको मात्रा कम भइ जटिलता बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । साथै उनको अवस्थाका कारण थप जटिलताहरु थपिन सक्ने समेत बताइएको छ ।

‘शरिरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोश हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुनसक्ने, मुटुको धड्कन, स्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणाली खराबी हुनसक्ने वा ज्यान जोखिममा पर्न सक्ने’ अस्पतालले जारी विज्ञप्तिमा उल्लेख छ ।

केसीको हाल अस्पतालमा चिकित्सकहरुको उच्च निगरानीमा राखी उपचार भइरहेको छ । उनी यसअघि पनि पटक–पटक अनसन बसिसकेका छन् ।

टिप्पणीहरू