डेंगु संक्रमित पत्रकारलाई मेदान्त र पुलिस अस्पताल लगिने

डेंगु संक्रमित पत्रकारलाई मेदान्त र पुलिस अस्पताल लगिने

नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ । काठमाडौँमा डेंगुका बिरामी बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि महासंघले आफ्ना सदस्यहरुको उपचारका लागि विशेष पहल गरेको हो ।

महासंघले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको व्यवस्था मिलाएको जानकारी गराएको छ । त्यस्तै, महाराजगञ्जकै मेदान्त पोलिक्लिनिकमा निःशुल्क परीक्षण गर्न सकिने पनि सूचनामा भनिएको छ ।

‘काठमाडौं उपत्यकामा क्रियाशील सयौँ पत्रकार डेंगु महामारीको चपेटामा पर्नुभएको छ । कतिपय अस्पतालमा बेड नपाउने समस्या भएकाले भर्ना हुनुपर्ने अवस्थाका पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना भई उपचार गर्ने व्यवस्था मिलाइएको छ,’ महासंघले आज प्रकाशित गरेको सूचनामा भनिएको छ ।

परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिने छ ।

टिप्पणीहरू