लघुवित्तका कर्मचारीले सेवाग्राहीको नाक फुटाए

लघुवित्तका कर्मचारीले सेवाग्राहीको नाक फुटाए

मकवानपुरको राक्सिराङ गाउँपालिका ५ स्थित साधना लघुबित्त वित्तीय संस्थाका कर्मचारीले कार्यालयमै सेवाग्राहीलाई कुटपिट गरेका छन् । स्थानीय सुमन प्रजाको नाथ्री फुट्ने गरी कुट्ने कर्मचारी कर्णबहादुर शाही अहिले प्रहरी हिरासतमा छन् ।

हिजो आफ्नी बहिनी चमेली प्रजाको ऋण, ब्याज र किस्ताबारे बुझ्न जाँदा शाहीले आफूलाई कुटपिट गरेको सुमनले बताए । आफूहरुले तिरेको ऋण, ब्याजबारे सबै विवरण माग्दा विवरण नदिएको र उल्टै कुटपिट गरिएको भन्दै इलाका प्रहरी कार्यालय, मनहरीमा सुमनले लिखित उजुर हालेका हुन् ।

उजुरपछि शाहीलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू